चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लिउ चेन छाउले आज पैचिंगमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै हाल अन्तर्राष्ट्रिय समाजले रचनात्मक तरिकामार्फत म्यान्मारलाई स्थिरता, मेलमिलाप, प्रजातान्त्रिक विकासको बाटोमा लाग्न मद्दत गर्नुपर्ने र यो नै अन्तर्राष्ट्रिय समाजका बहुसंख्यक मुलुकहरुको सहमति हो भन्नुभयो।
प्रवक्ता लिउ चेन छाउले सम्बन्धित पक्षले गरेको प्रयास संयुक्त राष्ट्र संघका महासचिवले गर्नुभएको मध्यस्थताका लागि हितकर हुनुका साथै म्यान्मारको परिस्थिति स्थिर, प्रजातान्त्रिक र विकसित दिशातर्फ अग्रसर हुनका लागि हितकर हुनुपर्ने आशा चीनले लिएको कुरा बताउनुभयो।
|