चीनद्बारा दार्फुरतर्फ पठाइने शान्ति सेनाअन्तर्गत सैनिक इन्जिनियरसम्बन्धी संयुक्त राष्ट्र संघको बन्दोबस्तअनुसार, चिनियाँ सैनिक इन्जिनियरहरुको पहिलो टोलीका पाँचजना हिजो दार्फुर पुगिसकेका छन्। चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लिउ चे छाउले आज पेइचिङ्ग आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।

उहाँका अनुसार, पहिलेको योजनाअनुसार, एक सय पैतीसजनाको पहिलो टोली पनि निकट भविष्यमै दार्फुरतिर प्रस्थान गर्नेछ भने अरु सैनिकहरु संयुक्त राष्ट्र संघको सुचनापछि त्यसतर्फ जाने छन।
|