चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लिउ चेन छाउले आज पैचिङ्गमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै म्यान्मार समस्यासम्बन्धी संयुक्त राष्ट्र संघका महासचिवका विशेष सल्लाहकार इब्राहिम गाम्बारीले छिटोभन्दा छिटो चीनको भ्रमण गर्नुहुने विषयलाई चीनले निकै अपेक्षा गरेको कुरा बताउनुभयो।
पत्रकारद्बारा सोधिएको प्रश्नको जवाफ दिंदै प्रवक्ता लिउले हाल श्री गाम्बारीले एशियाका सम्बन्धित मुलुकको भ्रमण थाल्नुभएको जानकारी दिनुभयो। भ्रमण अवधिमा श्री गाम्बारीले म्यान्मार समस्याबारे सम्बन्धित मुलुकसित सम्पर्क राखी वैचारिक आदान-प्रदान गर्नुहुने कार्यक्रम छ।
|