
चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता लिउ च्यान छाउले आज बोल्दै संयुक्त राष्ट्र संघका महासचिवका म्यामार समस्या सम्बन्धी विशेषदूत इब्राहिम गाम्बारिले यसै महिनाको 24 र 25 तारिख दुई दिनै चीनको भ्रमण गर्नुहुने कुरा वताउनुभयो।
आज पेइचिँगमा आयोजित पत्रकार सम्मेलनमा उहाँले उक्त कुरा वताउनुभएको हो। चीनको राज्य परिषदका सदस्य थाँग च्या स्युआन र चीनका उप-परराष्ट्रमन्त्री वाँग यीले श्री गाम्बारिसँग वार्ता गर्नुहुने कुरा पनि उहाँले व्यक्त गर्नुभयो।
|