
चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लीउ च्यान छाउले आज पैचिङ्गमा बोल्दै चीनले जिम्मेवारी बहन गर्दै कोरियाली प्रायद्बीपको आणविक समस्याको समाधान गर्ने क्रममा आफ्नो भूमिका निरन्तर रुपमा निर्वाह गर्ने कुरा व्यक्त गर्नुभएको छ।
आज पैचिङ्गमा आयोजित नियमित पत्रकार सम्मेलनमा दक्षिण कोरियाली सम्बादाताले चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रिय समितिको नव राजनैतिक समितिका स्थायी सदस्य निर्वाचित भएको कुराले कोरियाली प्रायद्बीपको आणविक समस्याबारेमा चीनको नीतिमा असर पार्छ वा पर्दैन भन्ने प्रश्नको जवाफ दिँदा प्रवक्ता लीउ च्यान छाउले उक्त कुरा भन्नुभएको हो।
कोरियाली प्रायद्बीपको आणविक समस्या सम्बन्धि छ पक्षीय वार्ताबारे चर्चा गर्दै श्री लीउले चीनले सम्बन्धित विभिन्न पक्षलाई मिलाएर वर्तमानमा देखिएको राम्रो प्रवृत्तिलाई कायम राखी सम्पन्न भएका विविध सम्झौतालाई व्यवहारमा उतार्न पूर्ण तथा सन्तुलित तवबाट वार्तामा अझ बढी प्रगति हासिल गर्न अथक प्रयास गर्ने कुरा प्रष्ट पार्नुभयो।
यसका साथै उहाँले चीनले आउने उन्नान्तीस तारिखका दिन पान्मुन चोममा आयोजना हुने छ पक्षीय वार्ता अन्तर्गत अर्थ तथा उर्जा-श्रोत सम्बन्धि सहयोग कार्य टोलीको तेस्रो बैठकलाई चिनियाँ टोली पठाउने जानकारी पनि दिनुभयो।
|