चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लिउ चेन छाउले आज पैचिङमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ओलम्पिक खेलकुदको बेलामा मात्र नभएर चीनले हरबखत पनि ऐन अनुसार मानव अधिकारको संरक्षण तथा त्यसको विकास गर्ने र निरन्तर रुपमा उपलव्धी हासिल गर्ने कुरा वताउनुभयो।
हंगकंगको विधायिका समितिका सांसद ली चु मिंगले हिजो अमेरिकामा संचार माध्यमलाई दिनुभएको अन्तर्वार्तामा बोल्दै पैचिङ ओलम्पिक खेलकुदको सु-अवसरलाई छोपेर चीनको मानव अधिकारमा सुधार गर्न अमेरिकाले चीनलाई ताकिता लगाउनुपर्ने कुरा वताउनुभएको विषयलाई लिएर पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफ दिंदै श्री लिउ चेन छाउले उक्त कुरा वताउनुभएको हो।
|