चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लीउ च्यान छाउले आज पैचिङ्गमा बोल्दै दलाइ लामाले मात्रृभूमिलाई पृथक पार्ने इच्छा तथा गतिविधि कहिले पनि नरोकेको कुरा व्यक्त गर्नुभएको छ। साथै उहाँले दलाइ लामाले आफ्नो राजनैतिक अडान तथा विचारलाई सच्याउने आशा चीनले लिएको कुरा पनि प्रकट गर्नुभयो।
उहाँले आज पैचिङ्गमा आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त कुरा भन्नुभएको हो। पत्रकार सम्मेलनमा दलाइ लामाले चीनको केन्द्रिय सरकारद्बारा प्रस्तुत सैद्धान्तिक अडानको स्पष्ट जवाफ कहिल्य पनि दिएको छैन भन्ने कुरा प्रवक्ता लीउले बताउनुभयो।
|