चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लिउ च्यान छाउले आज बोल्दै भारतको राष्ट्रिय काँग्रेसका अध्यक्ष सोनिया गान्धीको चीनको भ्रमणमा चीनले निकै ध्यान दिएको कुरा वताउनुभयो। आज पेइचिँगमा आयोजित पत्रकार सम्मेलनमा उहाँले उक्त कुरा वताउनुभएको हो। उहाँको भ्रमणले दुई पार्टीबीचको सम्बन्धलाई अझ बढाउनुका साथै दुई देशबीच सहयोगको विकासलाई सबल पार्ने कुरा पनि उहाँले वताउनुभयो।
चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा आजदेखि उनान्तीस तारिखसम्म सोनिया गान्धीले चीनको भ्रमण गर्नुहुनेछ र भ्रमणको क्रममा चिनियाँ कम्युनिष्ट पार्टी र चीनका नेताले अध्यक्ष सोनियासँग भेट वार्ता गर्नुहुने कुरा श्री लिउले जानकारी दिनुभयो। पेइचिँगबाहेक उहाँले चीनको सि आन र शाँग हाइको पनि भ्रमण गर्नुहुने कुरा व्यक्त गर्नुभयो।
|