china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    वन च्या पाउ शांहाई सहयोग संगठनका सदस्य मुलुकका प्रधानमन्त्री बीचको छैठौं सम्मेलन सहभागी हुने
    (GMT+08:00) 2007-10-25 18:33:52    

             आगामी नभेम्बर दुइ तारिखदेखि छ तारिखसम्म उज्बेकिस्तानको राजधानी टाशकेन्टमा आयोजना हुने शांहाई सहयोग संगठनका सदस्य मुलुकका प्रधानमन्त्री स्तरिय छैठौं सम्मेलनमा चीनका प्रधानमन्त्री वन च्या पाउ सहभागी हुनु हुने भएको छ। यसका साथै उहाँले गणतन्त्र उज्बेकिस्तान, टर्किस्तान, गणतन्त्र बाइरुस तथा संघीय रुसको भ्रमण गर्नुहुने कार्यक्रम रहेको छ। उहाँ रुसमा आयोजित "चिनियाँ वर्ष"को समापन समारोहमा पनि सहभागी हुनुहुने कार्यक्रम रहेको जनाइएको छ।

             चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लिउ चेन छाउले आज आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो। उहाँका अनुसार, प्रधानमन्त्री वन च्या पाउले उक्त मुलुकहरुका नेताहरुसँग द्वीपक्षीय सम्बन्धलाई घच्घच्याउने, विभिन्न क्षेत्रमा विद्यमान आपसी हित तथा सहयोगलाई गहन पार्ने, साझा अभिरुचि भएका अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मामिलाबारे गहन रुपमा बैचारिक आदान-प्रदान गर्नुहुनेछ। प्रधानमन्त्री वन च्या पाउले शांहाई सहयोग संगठनका अरु सदस्य मुलुकका प्रधानमन्त्रीहरुसँग विशेष शिखर सम्मेलनमा प्राप्त गरिएको मतैक्य तथा "शांहाई सहयोग संगठनका सदस्य मुलुक बीच दिर्घकालीन अवधिमा असल छिमेकी मैत्रीपूर्ण सहयोग सन्धि"लाई व्यवहारमा उतार्ने विषयबारे विचारविमर्श गर्नुहुनेछ। भ्रमणको अवधिमा प्रधानमन्त्री वन च्या पाउले अनेकन महत्वपूर्ण सहयोगात्मक दस्ताबेजमा हस्ताक्षर गर्नुहुने छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040