चीन अध्ययन केन्द्रको एक प्रतिनिधिमण्डल एक साता लामो भ्रमणका लागि आज चीन प्रस्थान गर्दैछ । अहिले साँझ चाइना साउथन एयरलाइन्सको वायुसेवाबाट काठमाडौँबाट प्रतिनिधिमण्डल ग्वाङ्ग जोउ हुँदै भोलि चीनको राजधानी पैचि पुग्नेछ ।चाइना एसोसिएसन फर इन्टरनेसनल प्रेण्डली कन्ट्याक्टको निमन्त्रणामा चीन अध्ययन केन्द्रका अध्यक्ष मदन रेग्मीको नेतृत्वमा ६ सदस्यीय टोली एक साताका लागि सद्भावना भ्रमणमा जान लागेको हो ।
प्रतिनिधिमण्डलमा सम्मिलित अन्य सदस्यहरुमा चीन अध्ययन केन्द्रका महासचिव डा. उपेन्द्र गौतम तथा केन्द्रीय सदस्यहरु नगेन्द्र शर्मा, लीलानाथ भरुई र अग्नी प्रसाद निरौला एवं चीन अध्ययन केन्द्र नेपालगंज शाखाका अध्यक्ष डा. जनार्दन आचार्य रहनु भएको छ ।चीन भ्रमण जानु अगाडि सि.आर.आई.सँग संक्षिप्त कुरा गर्दै चीन अध्ययन केन्द्रका अध्यक्ष मदन रेग्मीले चीनमा रहँदा दुईदेश बीचको सम्बन्धका बारेमा सरकारी एवं गैरसरकारी निकायका उच्च पदाधिकारीहरुसँग परामर्श गरिने बताउनुभयो । प्रतिनिधिमण्डलले पैचिङ्गपछि चीनको रमणीय सहर कुइलिन र जुहाईको भ्रमण गरी आगामी नोभेम्बर ५ तारिख स्वदेश फर्कनेछ ।चीन अध्ययन केन्द्र नेपालमा त्रिmयाशील नेपाल चीन मैत्री संस्थामा सबैभन्दा ठूलो संस्था हो । विभिन्न समयमा चीनको भ्रमण गर्ने तथा चिनियाँ प्रतिनिधिलाई नेपालको भ्रमण्ामा बोलाएर दुईदेशबीचको मैत्री सम्बन्धलाई टेवा पुर्याउने काम यस संस्थाले गर्दै आएको छ ।
यस भ्रमणले पनि दुई देशबीच रहेको सम्बन्धलाई जनस्तरबाट थप सुमधुर बनाउने विश्वास प्रतिनिधिमण्डलका नेता तथा चीन अध्ययन केन्द्रका अध्यक्ष मदन रेग्मीले सि.आर.आई.लाई बताउनुभयो ।
चेतनाथ आचार्य
सि.आर.आई.काठमाडौँ
|