चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता लिउ चिआन छाउले आज पैचिंगमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै चीनले क्यानाडाका नेताबाट दलाईसित भेट भएकोमा कडा अस्तोष र दृढ विरोध गरेको कुरा सार्वजनिक गर्नुभयो ।
श्री लिउ चिआन छाउले अगाडि भन्नुभयोः क्यानाडा पक्षले चीनले पटक पटक कुराकानी गरेर पनि बेवास्ता गर्दै दलाईलाई क्यानाडामा आउन जान स्वाकार गर्नुका साथै क्यानाडाका नेता र दलाईका बीच भेट हुने व्यवस्था पनि मिलाएको र उनका लागि सम्बन्धीत कार्यक्रम मिलाएको छ । यस क्रियाकलापले अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत मापदण्डको विपरित गर्नुका साथै चीनको आन्तरिक मामिलामा पाशविक रुपमा हस्तक्षेप गरेको छ ।
लिउ चिआन छाउले अझ जोड दिंदै भन्नुभयो चीनले कुनै पनि मुलुकले दलाई समस्याको दुरुपयोग गर्दै चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने कुराको सधै विरोध गर्दै आएको छ । तिब्बत चीनको प्रादेशिक भूभागको एक अकाट्य खण्ड हो । तिब्बतको समस्या पूर्णतया चीनको घरायसी मामिला हो ।
|