चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता लिउ चिआन छाउले आज आयोजित नियमित पत्रकार सम्मेलनमा चीनले सुडानको दार्फुर समस्यामा निर्वाह गरेको भूमिका सर्वविदितै छ भन्दै केही राजनीतिज्ञ र सांसदले यस समस्यामा चीनलाई अभियोग लगाएकोमा गैरजिम्मेवारीपन हो भन्नुभयो।
बेलायतका केही साँसदले दार्फुर समस्यामा चीनले जिम्मा लिने माग गरेको सम्बन्धमा पत्रकारव्दारा सोधिएका प्रश्नको जवाफ दिंदा श्री लिउ चिआन छाउले चीनले दार्फुरको समस्यामा रचनात्मक र जिम्मावारी धारणा लिएको छ भन्दै केही राजनीतिज्ञ र साँसदले यस समस्यामा चीनलाई अभियोग लगाएकोमा उनीहरु नै जिम्मादारी छैनन भन्नुभयो। उनीहरुले चीनको क्रियाकलाप र व्यवहार र सही अडानलाई देखेर पनि नदेखेको जस्तो गरेका छन् । यस बारे चीनलाई खेद लागेको छ ।
श्री लिउ चिआन छाउले अगाडि भन्नुभयोः हाल दार्फुर समस्या निकै कठिन अवस्थामा परिरहेको छ । संयुक्त राष्ट्र संघ र अफ्रिकी संघको प्रयासलाई सबल रुपमा समर्थन गर्दै वार्ता मार्फत दार्फुर समस्याको समाधान गर्ने चीनको विचार रहेको छ ।
|