चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लीउ चेन छाउले इरानको आणविक समस्याको समाधान गर्ने सबैभन्दा राम्रो तरिका वार्ता नै हो भन्दै यो अन्तर्राष्ट्रिय समाजका साझा हितका लागि पनि अनुकूल रहेको चीनको अडान औंल्याउनुभएको छ।
उहाँले आज पेइचिंगमा आयोजित नियमित पत्रकार सम्मेलनमा सम्बन्धित प्रश्नको जवाफ दिंदै उक्त कुरा बताउनुभएको हो। सो अवसरमा उहाँले अन्तर्राष्ट्रिय सम्बन्धमा जानाजानी रुपमा नाकाबन्दी लगाउन चीनले विरोध गरेको कुरा बताउँदै इरानसँग वार्तामार्फत आणविक समस्याको समाधान गर्न हाल सम्बन्धित विभिन्न पक्षले प्रयास गरिरहेको कुरा प्रकट गर्नुभएको छ। यस्तो अवस्थामा उक्त समस्यालाई अझ जटिल पार्ने उद्देश्यले नाकाबन्दी लगाउनु हुँदैन भन्ने कुरा पनि प्रवक्ता लीउ चेन छाउले बताउनुभएको छ।
|