चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लीउ चेन छाउले "सँयुक्त वक्तव्यमा दोस्रो चरणको कार्यक्रमलाई व्यवहारमा उतार्ने" दस्तावेजको अझ कार्यान्वयन गर्न चीनको आशा व्यक्त गर्नुभएको छ।
उहाँले आज पेइचिंगमा आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो। उहाँका अनुसार अमेरिकी सहायक परराष्ट्र मन्त्री क्रिस्टोफेर हिलले हाल पेइचिंगको भ्रमण गर्नुहुने कार्यक्रम छ। भ्रमणका अवसरमा चीनको परराष्ट्र मन्त्रालयका सम्बन्धित अधिकारीले उहाँसँग कोरियाली प्रायद्बीपको आणविक समस्या, छ-पक्षीय वार्ताको प्रक्रिया र आउने चरणको कार्यबारे छलफल गर्नुहुने कार्यक्रम पनि छ। हाल कोरियाली प्रायद्बीपको आणविक समस्याको समाधान र छ-पक्षीय वार्तामा सम्पन्न सहमतिको कार्यान्वयनलाई स्थीरताका साथ अगाडि बढाइएको कुरा बताउँदै प्रवक्ता लीउ चेन छाउले यस्तो अवस्थामा छ-पक्षीय वार्ताको प्रक्रियालाई अझ अगाडि बढाएर कोरियाली प्रायद्बीपलाई आणविक अस्त्ररहित क्षेत्रका रुपमा बनाउने र सम्बन्धित मुलुक तथा उत्तर कोरिया बीचको सम्बन्ध सामान्यिकरण हुने लक्ष्यलाई साकार तुल्याउनका लागि प्रयास गर्न चीन इच्छुक रहेको कुरा प्रकट गर्नुभएको छ।
|