नेपालको सार्वभौमसत्ता खतरामा पर्यो भने नेपाललाई सकारात्मक सहयोग गर्न चीन अगाडि आउने कुरा चिनियाँ प्राध्यापक वाङ्ग खोङ्ग वेले बताउनुभएको छ । चीनको पैचिङ्ग रहेको इन्स्टिच्युट अफ एसियन प्यासिफिक स्टडिज र इन्स्टिच्युट अफ चाइनिज एकेडेमी अफ सोसल साइन्सेजका प्राध्यापक वाङ्ग एक नेपाली साप्ताहिक पत्रिकालाई अन्तवार्ता दिँदै नेपाललाई हेर्न चिनियाँ दृष्टिकोण विगत 61 वर्षदेखि समान रहेको बताउनुभएको छ ।79 वष्रीय प्राध्यापक वा नेपाल विशेषज्ञ मानिनुहुन्छ । उहाँ विगत 30 वर्षदेखि नेपालका बारेमा नजिकबाट अध्ययन गरिरहनुभएको छ ।
उहाँ अहिले पाँचौँ नेपाल भ्रमणमा हुनुहुन्छ ।उहाँले अन्तर्वार्ताका क्रममा आफूले नेपाली जनतालाई अत्यन्त माया गर्ने बताउँदै नेपाली जनताप्रति साइनो चिनियाँ जनताजत्तकै दुरीमा रहेको पनि व्यक्त गर्नुभएको छ । प्राध्यापक वाङ्ग नेपालमा शान्ति कायम राख्न सबै राजनीतिक पार्टीमा सम्झदारी हुनुपर्ने र छिटोभन्दा छिटो संविधानसभाको निर्वाचन सम्पन्न हुनुपर्नेमा जोड दिनुभएको छ ।नेपालमा पश्चिमी राष्ट्र तथा अन्य केही शक्तिहरुले चीन विरोधी गतिविधि गर्न चाहेको आफूले थाहा पाएको बताउँदै प्राध्यापक वाङ्ग भन्नुभएको छ।
नेपाली भूमिबाट चीन विरोधी गतिविधि भइरहेको छ र त्यो चीनको राष्ट्र सुरक्षाका निम्ति सम्भावित चुनौतिका रुपमा रहेको छ । कुनै पनि विदेशी शक्तिले नेपालमाथि हस्तक्षेप गरेको खण्डमा चीनले नेपाल राष्ट र नेपाली जनतालई संकट पर्दा सहयोग गर्ने बताउनुभएको छ ।
चेतनाथ आचार्य
सि.आर.आई.काठमाडौँ
|