china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    नेपालको रुपन्देही जिल्लामा पर्ने भैरहवामा चिनियाँ फोटो प्रदर्शनी हुने भएको छ
    (GMT+08:00) 2007-11-01 16:18:25    
           नयाँ बेइजिङ्ग नयाँ ओलम्पिक' शीर्षकमा रुपन्देहीको भैरहवामा फोटो प्रदर्शनी हुने भएको छ । भोलि नोभेम्बर 9 तारिख बिहीबारबाट सुरु हुने फोटो प्रदर्शनी ३ तारिख शनिबारसम्म सञ्चालन हुनेछ । नेपालस्थित चिनियाँ दुताबास र भैरहवामा रहेको नेपाल चीन मैत्री संघारा संयुक्त रुपमा आयोजित यस प्रदर्शनीमा 81 वटा फोटाहरु प्रदर्शनमा राखिने कुरा चिनियाँ दुताबास संस्कृति विभागका प्रमुख तथा प्रथम सचिव श्रीमती चेन युलीले सि.आर.आई.लाई बताउनुभयो ।

           श्रीमती युलीका अनुसार भोलि प्रदर्शनीको उद्घाटन नेपालका लागि चिनियाँ राजदुत चङ्ग सियाङ्गलिनले गर्नुहुनेछ । संस्कृति विभागका प्रमुख युलीले बताए अनुसार प्रदर्शनीमा राखिने फोटाहरुले चिनियाँ संस्कृति, रहनसहन, भइरहेको विज्ञान तथा प्रविधिको विकास तथा जीवनपद्धतीलाई उजागर गरेकाछन् । प्रदर्शनीलाई पश्चिमाञ्चल क्षेत्रका दस हजारभन्दा बढी दर्शकले अवलोकन गर्न सक्ने अनुमान गरिएको प्रथम सचिव तथा संस्कृति विभाग प्रमुख युलीले बताउनुभयो । आगामी वर्ष चीनमा ओलम्पिक खेलकुद आयोजना हुँदैछ । अहिले संसारभरिकै दृष्टिकोण चीनतिर केन्दि्रत भइरहेका बेला नेपालमा पनि चीनमा आयोजना हुने ओलम्पिक खेलकुदका बारेमा गतिविधि हुन थालेको छ । यसै सन्दर्भमा भैरहवामा हुने फोटो प्रदर्शनीले चीनमा हुने ओलम्पिक खेलकुदका बारेमा नेपाली दर्शकहरुमा नयाँ सन्देश हुनेछ । रुपन्देहीको भैरहवा लुम्बिनीबाट नजिकैमा पर्ने सहर हो । यस सहरमा आयोजना हुने 'नयाँ वेइजिङ्ग नयाँ ओलम्पिक' फोटो प्रर्दशनीले चीन र नेपालबीचको मैत्री सम्बन्धमा पनि महत्वपुर्ण भुमिका खेल्नेछ । लुम्बिनी गुरु योजनाको विकासमा चिनियाँ सहयोगले ठुलो योगदान दिएको छ भने लुम्बिनीमा रहेको चिनियाँ बौद्ध मन्दिरलाई नेपालीहरुले ठुलो आदरका साथ हेर्न गर्दछन् । चेतनाथ आचार्यसि.आर.आई.काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040