चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लीउ चेन छाउले वर्तमान अन्तर्राष्ट्रिय आणविक अप्रसार प्रणालीको संरक्षण गर्नुका साथै कूटनैतिक वार्तामार्फत इरानको आणविक समस्याको समाधान गर्ने चीनको अडानलाई प्रकाश पार्नुभएको छ।
उहाँले आज पेइचिंगमा आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो। सो अवसरमा उहाँले गत केही समयदेखि यता चीनले इरानको आणविक समस्याबारे सँयुक्त राष्ट्र संघ र केही सम्बन्धित मुलुकहरुसित सक्रियताका साथ छलफल गरिरहेको कुरा बताउनुभएको छ। थाहा भएअनुसार इरानको आणविक समस्यासँग सम्बन्धित अमेरिका, रुस, चीन, बेलायत, फ्रान्स र जर्मनीले भोलि लण्डनमा एउटा बैठकको आयोजना गर्ने कार्यक्रम रहेको छ।
हाल इरानको आणविक समस्या अझ चर्कंदै आएको छ। चीनले अन्तर्राष्ट्रिय पारमाणविक ऊर्जा एजेन्सीसँग आदान-प्रदान तथा छलफल गर्नुका साथै युरोपेली संघसँग पनि सम्पर्क राखी सो समस्याको समाधानलाई शान्तिपूर्ण दिशातर्फ अगाडि बढाउन इरानको समर्थन गरेको कुरा पनि प्रवक्ता लीउ चेन छाउले बताउनुभएको छ।
|