पैचिंगमा आयोजित नियमित पत्रकार सम्मेलनमा चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लिउ चिआन छाउले बोल्दै [ संयुक्त वक्तव्यलाई व्यवहारमा उतार्न दोस्रो चरणको क्रियाकलाप ] सम्बन्धी संयुक्त दस्तावेजमा निर्धारित विभिन्न क्रियाकलापलाई पूर्ण र सन्तुलित रुपमा साकार तुल्याउने चीनको प्रतीक्षा रहेको छ भन्नुभयो ।
श्री लिउ चिआन छाउले नियमित पत्रकार सम्मेलनमा कोरिया प्रायव्दीपको आणविक समस्या सम्बन्धी छ पक्षीय वार्ताको नयाँ प्रगतिको अवस्था बारे जानकारी दिनुभयो । उहाँले भन्नुभयोः चीनका उप परराष्ट्र मन्त्री उ ता वैले अक्टुवर एकतीस तारिखका दिन पैचिंग आउनुभएका अमेरिकी परराष्ट्र सहायक मन्त्री हील र उत्तर कोरियाको परराष्ट्र उप मन्त्री कीम गे ग्वानसित भेट गर्दै, छ पक्षीय वार्ताको अर्को चरणका सम्बन्धीत कार्य बारे विचार विमर्श गर्नुभयो । अमेरिका र उत्तर कोरियाले पनि पैचिंगमा वार्ता गरेका छन् । विभिन्न पक्षको सहमति अनुसार अमेरिकी पक्षको विशेषज्ञ टोली नभेम्वर एक तारिखका दिन उत्तर कोरिया गएर कोरियाको आणविक प्रबन्धको क्षमता निश्क्रिय गर्ने कार्य थाल्नेछन ।
|