चिनियाँ पर्यटकलाई नेपालमा थप आकषित गर्नुपर्ने चाइना साउथन एयरलाइन्स काठमाडौँ कार्यालयका महाप्रवन्धकले बताउनुभएको छ।
(GMT+08:00)
2007-11-02 17:22:51
चाइना साउथन एयरलाइन्सले ग्वाङ्ग जाउ काठमाण्डौं उडानबाट सन्तोषजनक व्यवसाय गरेको छ । एयरलाइन्सको काठमाडौँ कार्यालयका महाप्रवन्धक भिनसेन्टले सि.आर.आई.सँग कुरा गर्दै पहिलेभन्दा अहिले व्यवसाय फस्टाएको बताउनुभयो । चालु वर्षको सुरुदेखि हप्ताको दुई चोटी सेवा आरम्भ गरेको एयरलाइन्सले अहिले आएर प्रत्येक सोमबार, बुधबार र शुक्रबार हप्ताको तीन दिन ग्वाङ्गजाउबाट काठमाडौँ उडान भर्दै आएको छ । महाप्रवन्धक भिनसेन्टका अनुसार चाइना साउथन एयरलाइन्सले ग्वाङ्गजाउबाट काठमाडौँ आउने एउटा उडानमा सरदर 61 जना पर्यटकलाई नेपाल ल्याउने गर्दछ । तर काठमाडौँबाट ग्वाङ्गजाउको उडानमा भने यात्रीको संख्या सन्तोषजनक छैन ।
चीन घुम्न चाहने नेपाली तथा नेपालबाट बाटो भएर चीन जाने पर्यटकलाई आकषित गर्न विभिन्न कार्यक्रम ल्याउनु पर्ने उहाँको सुझाव छ । ग्वाङ्गजाउबाट नेपाल आएका पर्यटकहरु पनि कोही सिधै ह फर्कने त कोही बैंकक जाने भएको हुनाले फर्कदा कम यात्री हुने गरेको हो । ग्वाङ्गजाउ चीनको दक्षिणपुर्वमा पर्ने औंद्योगिक तथा व्यापारिक सहर हो । यहाँबाट दुई घण्टामा रेलमा चढेर जान सकिन्छ । यदि नेपालीहरुलाई चिनियाँ सरकारले सजिलैसँग भिसा उपलब्ध गराउने हो भने पनि एयरलाइन्सलाई फाइदा पुग्ने महाप्रवन्धक भिनसेन्ट बताउनुहुन्छ । नेपालीहरुले भ्रमण भिसाबाट जानलाई निकै कठिन छ । त्यसैगरी चिनियाँ पर्यटकलाई नेपालमा आकषित गर्न सक्यो भने पनि चिनियाँ साउथन एयरलाइन्सलाई प्रत्यक्ष फाइदा पुग्ने उहाँको भनाइ छ । निकट भविष्यमा नै डङ्ग गन एयरलाइन्सले काठमाडौँ उडान गर्ने निश्चित भएको हुनाले चाइना साउथन एयरलाइन्सले थप प्रस्तिपस्र्धा गर्नुपर्ने देखिएको महाप्रवन्धक भिनसेन्ट बताउनुहुन्छ । डङ्गगन एयरलाइन्सले काठमाडौँ उडान तालिका सोमबार, बुधकार र शुक्रबार नै राखेको हुनाले चाइना साउथन एयरलाइन्सको उडानकै दिन नपार्न आफुले अनुरोध गरेको पनि उहाँले बताउनुभयो ।