china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    नेपालको समस्यालाई समाधान गर्न नेपालीहरु नै सक्षम भएको नेपालका लागि चिनियाँ राजदूतले बताउनुभएको छ
    (GMT+08:00) 2007-11-05 15:58:28    

          नेपालमा देखिएको राजनीतिक संकटलाई नेपालीहरु आफैँले समाधान गर्नुपर्ने नेपालका लागि चिनियाँ राजदूत चङ्ग सियाङलिनले बताउनुभएको छ। हिजो भैरहवामा आयोजित फोटो प्रदर्शनीको उद्‍घाटन गर्दै राजदूत सियाङलिनले चीनले नेपालको सदैव हितमा काम गर्ने बताउँदै चिनियाँ असंलग्न परराष्ट्र नीतिअनुसार छिमेकी राष्ट्रको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नमिल्ने बताउनुभयो ।

          अहिले नेपालमा बिकास भइरहेको राजनीतिक तरलतालाई लिएर विभिन्न विदेशी राष्ट्र तथा कुटनीतिक व्यक्तिहरुले गरेको टिप्पणीप्रति इङ्गित गर्दै राजदूत सियाङलिनले भन्नुभयो "नेपालीहरुले आफ्नो समस्याको समाधान गर्न आफैँ सक्षम भएका छन्। हामी असल छिमेकी भएकाले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नहोस्‍ भन्ने चाहन्छौँ ।"

          नेपाल र चीनबीचको मैत्री सम्बन्धमा जनस्तरबाट काम गर्ने संघसंस्थाको महत्वपूर्ण योगदान रहेको चर्चा गर्दै राजदूत सियाङलिनले दुई देशबीचको साझा संस्कृति तथा नदी र हिमालको सम्बन्ध युगौँ पुरानो रहेको उल्लेख गर्नुभयो।

          आगामी वर्ष चीनमा ओलम्पिक खेलको आयोजना हुँदा नेपालीहरु अत्यन्त हषित भएको आफूले पाएको बताउँदै उहाँले सो फोटो प्रदर्शनीले नेपालीहरुमा उत्साह र उमङ्ग थप्ने विश्वास व्यक्त गर्नुभयो ।

          भैरहवामा रहेको नेपाल चीन मैत्री संघले चिनियाँ दूताबाससँग मिलेर आयोजना गरेको नयाँ वेइजिङ्ग नयाँ ओलम्पिक नामक सो फोटो प्रदर्शनीमा 80 वटा फोटाहरु राखिएका छन्। प्रदर्शनीमा राखिएका फोटाले ओलम्पिक खेल, यसका बारेमा बेइजिङ्गमा भइरहेको तयारी तथा चिनियाँ संस्कृतिलाई प्रष्टाएको छ। फोटो प्रदर्शनी भोलि 3 तारिख शनिबारसम्म रहनेछ।

          चेतनाथ आचार्य

          सि.आर.आई.

          काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040