नेपाल र जनगणतन्त्र चीनबीचको आर्थिक तथा व्यापारिक सम्बन्ध अझ विस्तार गर्न निजी क्षत्रका तफबाट भएका प्रयासमा कूटनीतिक तहबाट समेत सक्रिय पहल हुनुपर्ने जनगणतन्त्र चीनका लागि नवनियुक्त नेपाली राजदूत टंक कार्कीले बताउनुभएको छ।
नेपाल उद्योगवाणिज्य महासंघको कार्यकक्षमा भएको एक बैठकमा अल्पविकसित छिमेकी मुलुक नेपालको उत्पादनलाई नेपालद्बारा प्रस्तुत सुझावअनुसार चिनियाँ बजारमा सहुलियतपूर्ण प्रवेश, चिनियाँ रेलमार्गको नेपालको सिमानासम्म विस्तार, हवाई तथा सकड सम्पर्क विस्तार, नेपालका सम्भाव्य क्षत्रमा चिनियाँ लगानी तथा प्रविधि प्रवाह एवं पाँचखाल र नुवाकोटमा निर्यात प्रशोधन क्षत्र स्थापना गर्न, स्याब्रुबेसी सडक शीघ्र निर्माण आदि विषयलाई छिटोभन्दा छिटो अगाडि बढाउन कूटीनितिक तवरबाट तीब्रता दिनुपर्नेमा उद्योग व्यवसायीहरुले नवनियुक्त राजदूतलाई सुझाव दिएका छन्।
त्यसैगरी चिनियाँ बजारलगायत दक्षिण एसियाली बजारकै आवश्यकता अनुरुपका वस्तु नेपालमा उत्पादन गरी निर्यात गर्न दुवै देशका सरकारद्बारा चिनियाँ उद्यमी व्यवसायीलाई प्रोत्साहन गर्नुपर्ने, नेपालाई अन्तर्राष्ट्रिय व्यापार तथा सेवा व्यवसाय केन्द्रका रुपमा विकास गर्न चिनियाँ सयहोग महत्वपूर्ण् हुने नेपाली वस्तु चीनको तिब्बततफ निकासीका लागि प्रोत्साहित गरिनुपर्ने साथै सडकमार्ग र भन्सार नाकाको पूर्वाध्र सुधार एवं अझै विकास गर्नुपर्नेमा उहाँहरुले जाड दिनुभएको छ।
भेटका अवसरमा नवनियुक्त राजदूत कार्कीको स्वागत गर्दै महासंघका प्रथम उपाध्यक्ष दिवाकर गोल्छाले जलस्रोत, पर्यटन, कृषि, खनिज तथा वन्यजन्तु, बैंक तथा वित्तजस्ता क्षत्रमा संयुक्त लगानी प्रवर्द्धनका लागि प्रशस्त सम्भावना भएको उल्लेख गर्नुभयो ।
सो बैठकमा महासंघका द्बितीय उपाध्यक्ष तथा नेपाल चीन गैरसरकारी मञ्चका संयोजक कुशकुमा जोशीले दुई देशबीचको आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तार नेपाल उद्योग वाणिज्य महासंघ र अखिल चीन उद्योगा वाणिज्य महासंघ माफत थुप्रै काम भइरहेको जानकारी गराउनुभयो।
चेतनाथ आचार्य
सि.आर.आई.
काठमाडौँ
|