चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लिउ चेन् छाउले आज पैचिंगमा बोल्दै अठारौं चीन अमेरिकाको वाणिज्य र व्यापार सम्बन्धी संयुक्त समितिको बैठक तथा चीन र अमेरिका बीचको तेस्रो रणनैतिक आर्थिक वार्ता यही डिसेम्बरमा अघि पछि गरी पैचिंगमा आयोजना हुने कुरा बताउनुभयो । उहांका अनुसार चीनका उपप्रधानमन्त्री उ यीले उक्त दुवै बैठकमा चिनियां पक्षका प्रतिनिधित्व गर्नुहुनेछ ।
पत्रकारको प्रश्नको जवाफ दिंदै लिउ चेन् छाउले अमेरिकासित मिलेर साझा प्रयास गरी उक्त दुवै बैठकलाई सफल पार्न र चीन र अमेरिका बीचको आर्थिक र व्यापारिक सम्बन्धलाई स्वस्थ रुपमा अघि बढाउन चीन इच्छुक रहेको कुरा बताउनुभयो ।
चीन र अमेरिका बीचको रणनैतिक आर्थिक वार्ता र चीन अमेरिका वाणिज्य र व्यापार सम्बन्धी संयुक्त समिति चीन र अमेरिकाका बीच जानकारीलाई प्रगाढ पार्ने र आर्थिक तथा व्यापारिक सम्बन्धलाई स्वस्थ रुपमा अघि बढाउने महत्वपूर्ण चौतारो हो ।
|