चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लिउ चेन छाउले आज पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै हाल कोरियाली प्रायद्वीपको आणविक समस्या सम्बन्धी छ पक्षीय वार्ताका सम्बन्धित पक्षद्वारा "संयुक्त वक्तव्यको दोश्रो अवधिको कारवाहीलाई व्यवहारमा उतार्नु" नामक संयुक्त दस्ताबेजलाई व्यवहारमा उतारिएकोमा चीनले खुसी व्यक्त गरेको कुरा वताउनुभयो।
प्रवक्ता लिउ चेन छाउले सम्बन्धित पक्षसँग तिनीहरुको वचनबद्धता तथा सम्झौता बमोजिम संयुक्त दस्ताबेजमा तोकिएको सिद्धान्तलाई चौतर्फी रुपमा व्यवहारमा उतार्न तथा छ पक्षीय वार्तालाई अघि बढाउन चीनले आशा गरेको कुरा पनि वताउनुभयो।
|