नेपालको छिमेकी मुलुक चीनले नेपालमा अहिले भइरहेको राजनीतिक परिस्थितिका बारेमा गम्भीर रुपमा लिएको चीन अध्ययन केन्द्रका अध्यक्ष मदन रेग्मीले बताउनुभएको छ । आफ्नो एक साता लामो चीन भ्रमणबाट हिजो साँझ नेपाल फर्किएपछि सि.आर.आई.सँग कुरा गर्दै अध्यक्ष रेग्मीले चिनियाँ नेताहरु नेपालका बारेमा अत्यन्त जिज्ञासु र उत्साही रहेको बताउनुभयो ।
चीनमा रहँदा अध्यक्ष रेग्मीको प्रतिनिधिमण्डलले चिनियाँ परराष्ट्र उपमन्त्री चाइ चुन, काफूका उपाध्यक्ष आई पिङ्ग, सिआईसिआईआरका उपाध्यक्ष स्याओ सिन तथा सिआइएफसिका कार्यकारी उपाध्यक्ष सिङ्गयुन मिङ्गसँग दुई पक्षीय कुराकानी गरेको थियो । चिनियाँ नेताहरुको कुराकानीमा आफूले उहाँहरुलाई अरु समयभन्दा बढी गम्भीर र नेपालका बारेमा बढी चासो राख्ने पाएको नेता रेग्मीले बताउनुभयो । उहाँका अनुसार चिनियाँ नेताहरुले नेपालको वर्तमान राजनीतिक सÍट टार्नका लागि नेपालीहरु आफैँ सक्षम हुनुपर्ने तथा नेपालमा स्थायी शान्ति र विकास हुनुपर्ने भनी जोड दिएका थिए ।
आफ्नो प्रतिनिधिमण्डललाई चिनियाँ नेताहरुले महत्व दिएको तथा दुई पक्षीय हितमा अत्यन्त गहन वसह भएको बताउँदै चीन अध्ययन केन्द्रका अध्यक्ष मदन रेग्मीले भन्नुभयो "चीनले नेपाललाई अत्यन्त माया गर्ने र सदैब नेपालको हितमा आफ्नो मत जाहेर गरेको कुरा मलाई चिनियाँ नेताले बारम्बार दोहोर्याएका छन ।"चाइना एसोसिएसन फर इन्टरनेसनल प्रेण्डली कन्ट्याक्टको निमन्त्रणामा चीन अध्ययन केन्द्रका अध्यक्ष मदन रेग्मीको नेतृत्वमा ६ सदस्यीय प्रतिनिधिमण्डल चीन भ्रमणमा गएको थियो ।
सो प्रतिनिधिमण्डलमा सम्मिलित अन्य सदस्यहरुमा चीन अध्ययन केन्द्रका महासचिव डा. उपेन्द्र गौतम तथा केन्द्रीय सदस्यहरु नगेन्द्र शर्मा, लीलानाथ भट्टराई र अग्नी प्रसाद निरौला एवं चीन अध्ययन केन्द्र नेपालगंज शाखाका अध्यक्ष डा. जनार्दन आचार्य रहनु भएको छ ।
चेतनाथ आचार्य
सि.आर.आई.
काठमाडौँ
|