china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनको कुन्मिङ्गमा आयोजना भएको चिनियाँ अन्तर्राष्टि्रय ट्राभल मेलामा नेपालले भाग लिएको छ
    (GMT+08:00) 2007-11-08 14:05:18    

                  चीनको सुन्दर सहर कुन्मिङ्गमा नेपाली पर्यटन व्यवसायको सफल प्रदर्शनी भएको छ । यही नोभेम्बर 1 तारिखदेखि 4 तारिखसम्म सञ्चालन भएको चिनियाँ अन्तर्राष्टि्रय ट्राभल मेलामा नेपालको तफबाट नेपाल पर्यटन बोर्डले भाग लिएको थियो । नेपाल पर्यटन बोर्डसँग नेपालका दुई निजी कम्पनीहरु साथी नेपाल ट्राभल प्रालि र साउथ एसिया होलिडे प्रालिले भाग लिएका थिए । नेपाल पर्यटन बोर्ड चिनियाँ डेक्सका काशीराज अधिकारीले सि.आर.आई.लाई बताउनुभए अनुसार मेलामा नेपालको प्रदर्शनीको मुख्य उद्देश्य चिनियाँ बजारमा नेपाली पर्यटन व्यवसायको प्रचारप्रसार गर्नु थियो ।

                सो ट्राभल मेलाकै अवसरमा विभिन्न चिनियाँ पर्यटन व्यावसायीहरुसँग भविष्यमा दुई पक्षीय व्यापार व्यवसाय विस्तारका बारेमा अनर्क्रिय गरेको बताउँदै पर्यटन बोर्डका काशीराज अधिकारीले चिनियाँहरुले नेपाल बारे धेरै चासो राखेको बताउनुभयो । थुप्रै चिनियाँ पर्यटकहरुले नेपाल घुम्न रुचाएको, नेपालमा शान्ति कायम तथा दिगो विकासको कामना चिनियाँहरुले गरेको बताउँदै चिनियाँहरुको बिदा मनाउने उपयुक्त स्थानका रुपमा नेपाल हुने कुरा प्रदर्शनबाट प्राप्त भएको पनि उहाँले बताउनुभयो ।

                   चिनियाँ पर्यटन व्यावसायीहरुले नेपालमा आफ्नो व्यापार विस्तार गर्नका लागि सम्बन्ध खोजिरहेको र सो प्रदर्शनीबाट नेपालमा चिनियाँ पर्यटक बढ्‍ने विश्वास पनि नेपाल पर्यटन बोर्डले लिएको अधिकारीले बताउनुभयो । अत्यन्त सुन्दर र चीनकै बगैँचा भनेर चिनिने कुन्मिङ्ग सहरमा आयोजित चिनियाँ अन्तर्राष्टि्रय ट्राभल मेलामा नेपाली पर्यटनको बारेमा जानकारी समेटिएको चिनियाँ भाषाका सिडी तथा ब्रोसरहरु वितरणा गरिएको थियो ।

                   त्यसैगरी भिजिट पोखरा 2007 को पनि पूरा प्रचारप्रचार नेपाली प्रदर्शनी कक्षाबाट भएको थियो । नेपाल पर्यटन बोर्डले चिनियाँ अन्तर्राष्टि्रय ट्राभल मेलालाई एउटा महत्वपूर्णा माध्यम र मञ्च भनेर प्रसंशा पनि गरेको छ । नेपालमा चिनियाँ पर्यटक बढाउनका लागि विगत दुई वर्षादेखि नेपाल पर्यटन बोर्डले चिनियाँ अन्तर्राष्टि्रय ट्राभल मेलालाई सदुपयोग गरेको अत्यन्त राम्रो नजिता देखिएको पनि उल्लेख गरेको छ ।

    चेतनाथ आचार्य

    सि.आर.आई.

    काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040