
चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लिउ चेन् छाउले आज पैचिंगमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै हालै अफगानिस्तानमा भएको आतंककारी बम विस्फोटको कडा निन्दा गर्नुका साथै चीनले सो विस्फोटमा मर्नेहरुप्रति श्रद्धन्जली व्यक्त गर्दै शोक-संतप्त परिवार र घाइतेहरुलाई सान्त्वना दिएको कुरा बताउनुभयो ।
अफगानिस्तानको उत्तर भागमा पर्ने बाघ्लान प्रान्तको यौटा चिनी कारखानामा अस्ति दिउंसो आत्म-घाती बम विस्फोट भएको थियो। त्यस बेला सांसदहरुको यौटा मण्डलले चिनी कारखानाको भ्रमण गरिरहनुभएको थियो । जुन विस्फोटबाट एक सयभन्दा बढी मानिसहरु हताहत भएका छन् र तीमध्ये धेरै महिला र बाल-बालिकाहरु परेका छन्।
पत्रकारको प्रश्नको जवाफ दिंदै लिउ चेन् छाउले अफगानिस्तानको असल छिमेकीका रुपमा रहेर चीनले पहिले गरे झैं पछि परन्तुसम्म पनि आतंककारी शक्तिलाई प्रहार गर्न तथा स्वेदशको स्थिरताको संरक्षण गर्नका लागि अफगान सरकारबाट गरिएको अथक प्रयासलाई समर्थन दिने कुरा बताउनुभयो ।
|