चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लिउ चेन छाउले कोरियाली प्रायद्वीपको आणविक समस्या सम्बन्धी छ पक्षीय वार्ताद्वारा यस वर्षको अक्टोबर तीन तारिख सम्पन्न संयुक्त दस्ताबेजमा उत्तर कोरियाले त्यसको आणविक योजना परित्याग गरेको घोषणा गर्नुपर्ने नियम तोकिएको छ भन्दै सम्बन्धित वचनबद्धतालाई व्यवहारमा उतार्न चीनले आशा गरेको कुरा वताउनुभयो।
पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफ दिंदै प्रवक्ता लिउ चेन छाउले उक्त कुरा वताउनुभएको हो। उत्तर कोरियाको आणविक प्रबन्धलाई निश्क्रिय पार्ने कार्य सुचारु रुपमा चलिरहेको कुरामा चीनले खुसीसाथ निरिक्षण गरिरहेको कुरा पनि उहाँले वताउनुभयो।
यस वर्षको नभेम्बर एक तारिख उत्तर कोरियाले बन्द भइसकेको आणविक प्रबन्धलाई निश्क्रिय पार्न थालेको थियो। उत्तर कोरियाले आणविक प्रक्रियालाई परित्याग गर्ने निर्णाय दोश्रो अवधिमा प्रवेश भएको ठहर बाहिर क्षेत्रले गरेको छ।
|