हाल केही संचार माध्यमले पैचिङ ओलम्पिक गाउंमा बाइबलको प्रयोग निषेधित रहेको समाचार प्रकाशित गरेको छ। यसबारे चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लिउ चेन छाउले आज पैचिङमा बोल्दै यो समाचार अफवाह भएको कुरा वताउनुभयो। उहाँले चीन सरकारले चीनमा रहेका विदेशीहरुको धार्मिक स्वतन्त्रताको सम्मान तथा कानून बमोजिम त्यसको संरक्षण गरेको छ भन्दै चीन सरकारले कहिल्यै पनि यस्तै निर्णय नगरेको कुरा वताउनुभयो।
आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लिउ चेन छाउले पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफ दिंदै उक्त कुरा वताउनुभएको हो। "जन गणतन्त्र चीनमा विदेशीहरुको धार्मिक गतिबिधि सम्बन्धी नियम"मा विदेशीहरु चीनमा पस्ने बेलामा आफ्ना लागि प्रयोग गर्ने धार्मिक प्रकाशित सामग्री, धार्मिक श्रव्य-दृश्य बस्तु तथा अरु धार्मिक बस्तुहरु ल्याउनसक्ने कुरा स्पष्टसँग उल्लेख गरिएको कुरामा लिउ चेन छाउले जोड दिनुभयो।
|