चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लिउ चेन छाउले आज पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै चीनका परराष्ट्र मन्त्री यांग चे छको निमन्त्रणामा भेनेजुयलाका विदेश मन्त्री नाकोलास मादुरो मारोसले यसै महिनाको तेह्र तारिखदेखि पन्ध्र तारिखसम्म चीनको औपचारिक भ्रमण गर्नुहुने कार्यक्रम रहेको कुरा वताउनुभयो।
सन् 1974 मा दुइ मुलुक बीचको दौत्य सम्बन्ध स्थापनाभए देखि यता चीन र भेनेजुयला बीचको सम्बन्धमा स्थिरताका साथ विकास हुंदै आएको छ। हाल चीनले भेनेजुयलामा गरेको कुल लगानीको रकम एक अरब साठी करोड अमेरिकी डलर रहेको छ।
|