नेपालका लागि चिनियाँ राजदूत चङ्गसियाङलिनले महान्यायधिवक्ता यज्ञमूर्ति बन्जाडेसँग भेटवार्ता गनुभएको छ । महान्यायधिवक्ताको कार्यकक्षमा गत बुधबार भएको भेटवार्तामा नेपाल र चीनबीचको सम्बन्ध तथा दुई देशका न्याय प्रणालीका बारेमा छलफल भएको महान्यायधिवक्ताको कार्यालयले सि.आर.आई.लाई बताएको छ।
महान्यायधिवक्ता र राजदूतबीच भएको 45 मिनेट लामो कुराकानीमा नेपालमा भइरहेको न्याय प्रणालीलाई आधुनिकीकरण गर्ने तथा छिटो छरितो बनाउने कुरामा विशर्म भएको थियो । महान्यायधिवक्ता यज्ञमूर्ति बन्जाडेले नेपालको न्याय प्रणालीलाई एक्काईसौँ शताब्दी सुहाउँदो विज्ञान प्रविधिमा ढाल्नका लागि चिनियाँ सहयोगको अपेक्षा गनुभएको थियो । चिनियाँ राजदूत चङ्ग सियाङलिनले चिनियाँ न्याय प्रणालीको बारेमा चर्चा गर्दै नेपालको न्याय प्रणालीलाई सुधार गर्नका लागि सहयोग गर्न चीन सरकार तयार रहेको बताउनुभएको महान्यायधिवक्ताको कार्यालयले बताएको छ ।
नेपालका सम्पूर्ण मुद्धाहरुलाई सरकारी तफबाट बहस गर्ने काम महान्यायधिवक्ताको कार्यालयले गर्ने गर्दछ । परम्परागत प्रणालीबाट आधुनिक प्रणालीमा जानका लागि निकै महङ्गो तथा अत्याधुनिक कम्प्युटर प्रणाली चलाउनका लागि दक्ष जनशक्तिको समेत अभाव रहेको सन्दर्भमा यस क्षेत्रमा चिनियाँ सहयोग महत्वपूर्ण ठहरिने छ । यस अगाडि नै चीन सरकारले सहयोग स्वरुप नेपालको व्यवस्थापिका सम्सद, राष्ट्रिय समाचार समिति, जल तथा मौसम विज्ञान विभागलाई आधुनिक कम्प्युटर प्रणाली उपलब्ध गराइसकेको छ ।
चिनियाँ न्याय प्रणाली संसारकै छिटो र वैज्ञानिक मानिन्छ । नेपाल र चीनबीचमा परम्परादेखि नै धेरै कुराहरु समान रुपमा स्थापित भएका छन् । त्यसकारण न्यायप्रणालीमा हुने चिनियाँ सहयोग पनि महत्वपूर्ण र उपलब्धीमूलक हुने कुरा निश्चित छ ।
चेतनाथ आचार्य
सि.आर.आई.
काठमाडौँ
|