china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चिनियाँ भाषा प्रशिक्षणको तेस्रो चरणका लागि 19 जना चिनियाँ स्वयंसेवकहरु काठमाडौँ पुगेका छन्।
    (GMT+08:00) 2007-11-19 18:44:47    

            चिनियाँ स्वयंसेवक शिक्षकशिक्षिकाहरुले तेस्रो चरणका लागि नेपाली विद्यार्थीहरुलाई चिनियाँ भाषाको प्रशिक्षण सुरु गरेका छन्। चिनियाँ दूताबासको सहयोगमा नेपालमा चिनियाँ भाषा प्रशिक्षणमा आएका चिनियाँ स्वयंसेवी शिक्षकशिक्षिकाहरुले पोखरा तीनवटा र काठमाडौँका विभिन्न 18 वटा शैक्षिक संस्थाहरुमा चिनियाँ भाषा प्रशिक्षण गर्दै आएका छन्।

            विगत तीन वर्षदेखि चिनियाँ दूताबासले चीनबाट स्वयंसेवी शिक्षकशिक्षिकाहरु ल्याएर नेपालमा चिनियाँ भाषा प्रशिक्षण गराउने गरेको छ। यही नोभेम्बर महिनाबाट तेस्रो चरणमा चिनियाँ भाषा शिक्षणका लागि विभिन्न 19 जना चिनियाँ स्वयंसेवी शिक्षकशिक्षिकाहरु नेपाल आएर चिनियाँ भाषाको कक्षा लिन सुरु गरेका छन्।

            चिनियाँ दूताबास संस्कृति विभागका तृतीय सचिव फान गोपिङ्गले सि.आर.आई.लाई बताए अनुसार यही नोभेम्बरदेखि मार्चसम्म अहिले आएका स्वयंसेवकहरुले चिनियाँ भाषा सिकाउने छन् भने त्यसपछि अर्को चरणका लागि अप्रिलदेखि अगष्टसम्म स्वयंसेवकहरुको अर्को समूह आएर चिनियाँ भाषा प्रशिक्षणको काम गर्नेछ।

            विगत तीनवर्षदेखि नेपालमा बसेर विभिन्न विद्यालयमा चिनियाँ भाषा अध्यापन गराइरहेकी लि वेन ह्वा नेपाली विद्यार्थीलाई चिनियाँ भाषा सिकाउँदा अत्यन्त रमाइलो लागेको बताउँछिन्। उनले दुई वर्ष अगाडि काठमाडौँको मैतीदेवीमा रहेको न्यु समित स्कुलमा चिनियाँ भाषा सिकाएकी थिइन् भने गतवर्ष कुमारी गालको ब्रेनी साइन स्कुलमा चिनियाँ भाषा सिकाएकी थिइन्। यही नोभेम्बर महिनादेखि उनी लोयाल्टी एकेडेमी मण्डिखाटारमा चिनियाँ भाषा सिकाउन थालेकीछन्।

            नेपालीहरुको चिनियाँ भाषा सिक्ने रहर तथा चीनसँगको व्यापारमा बढ्दो प्रभावका कारणले अब चिनियाँ भाषा सिक्ने नेपाली विद्यार्थीहरुको संख्या क्रमश: बढिरहेको दूताबासको संस्कृति विभागले जनाएको छ। दुई देशबीचको साझा संस्कृति र सद्भावलाई चिनियाँ भाषा सिकाउने परिपाटीले अझ मजबुत बनाएको छ।

    चेतनाथ आचार्य

    सि.आर.आई.

    काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040