चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लीउ च्यान छाउले आज उन्नाईस तारिखका दिन पैचिङ्गमा बोल्दै चीनले अमेरिका-चीन अर्थतन्त्र र सुरक्षा मूल्याङ्कन समिति"बाट चीनको आन्तरिक मामिलामाथि हस्तक्षेप गरिएको विषयको दृढताका साथ विरोध गर्दछ भन्न कुरा बताउनुभएको छ।
अमेरिकी कांग्रेस अन्तर्गत " अमेरिका-चीन अर्थतन्त्र र सुरक्षा मूल्याङ्कन समिति"ले हालै प्रकाशित वार्षीक आर्थिक प्रतिवेदन प्रकाशित गरी चीनका आर्थिक-व्यापारिक नीति, बौद्धिक सम्पत्तिको संरक्षण सम्बन्धी विषयहरुबारे आलोचना गर्नुका साथै सुरक्षा क्षेत्रमा चीनले अमेरिकालाई त्रास-धम्की दिएको , अमेरिका सरकार र कांग्रेसले चीनमाथि प्रतिरोधी कदमहरु बढाउनु पर्छ भन्ने प्रस्ताव राखेको छ।
त्यसबारे प्रवक्ता लीउ च्यान छाउले पत्रकारबाट सोधिएको एक प्रश्नको उत्तर दिंदै अमेरिकाको उक्त कुचेष्टा सफल नहुने बताउंदै त्यसबारे चीनले अमेरिकासंग गम्भीर रुपमा सम्पर्क गरी दृढतासाथ त्यसको विरोध गर्दछ भनि बताउनुभएको छ।
|