china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीन अध्ययन केन्द्रले 'तिब्बतमा दस दिन' नामक निबन्ध सङ्ग्रह प्रकाशन गरेको छ।    
    (GMT+08:00) 2007-11-20 17:33:36    

         चीन अध्ययन केन्द्रले चीनको स्वायत्त प्रदेश तिब्बतका बारेमा लेखिएको नियात्रा सङ्ग्रह प्रकाशन गरेको छ। सन 2004 को 26 अक्टोबरदेखि 4 नोभेम्बरसम्म चीनको स्वायत्त प्रदेश तिब्बतको भ्रमण गरी गंगाप्रसाद उप्रेतीले लेख्नुभएको 'तिब्बतमा दस दिन' यात्रा निबन्ध सङ्ग्रहमा जम्मा 13 वटा निबन्धहरु सलन गरिएको छ।

             चीनको स्वायत्त प्रदेश तिब्बत नेपालको उत्तरी भेगको सम्पूर्ण सीमा जोडिएको भूभाग हो। तिब्बतका बारेमा पश्चिमी मूलुकहरुले नकारात्मक हल्ला फैलाइ रहेका बेला नेपालीहरुलाई यथार्थ जानकारी दिने उद्देश्यले प्रकाशित पुस्तकमा तिब्बती पर्यटनलाई विश्वकै अनुपम मोतीका रुपमा लेखकले प्रस्तुत गर्नुभएको छ। तिब्बती रहनसहन, तिब्बतको विकासमा चीनले पुर्याएको योगदान, तिब्बतमा भएको विज्ञान र प्रविधिको विकास, शिक्षा, संस्कृति तथा सम्पदाको प्रवर्द्धन आदिको छोटकरी लेखाजोखा पुस्तकमा गरिएको छ।

             चीन अध्ययन केन्द्रबाट चीनको तिब्बत भ्रमणमा गएको नेपाली प्रतिनिधिमण्डलले देखेका कुराहरुलाई यात्रा टिपोटमा टिपी लेखकले अत्यन्त कलात्मक रुपमा प्रस्तुत गर्नुभएको छ। पुस्तकले नेपालीहरुलाई घरमा नै बसिबसी तिब्बत भ्रमणमा पुर्याउन सफल हुन्छ। लेखकको तिख्खर कलम र तिब्बतको यथार्थ जानकारीले गर्दा पुस्तकलाई अझै गहन र महत्वपूर्ण बनाएको छ। तिब्बतको पोतला प्यालेस, नोबुलिङ्का, तिब्बती विश्वविद्यालय, तिब्बती कला र साहित्य, तिब्बतमा चीनको भाषिक नीति, ल्हासा र सिगाच्छे सहरको सुन्दर बर्णनले पुस्तक पढ्ने पाठकलाई एकोहोर्याउने गर्दछ।

             चीन अध्ययन केन्द्रका कोषाध्यक्ष तथा सरगमाथा बहुमुखी कलेजका अध्यक्ष समेत रहनु भएका गंगाप्रसाद उप्रेतीले लेख्नुभएको 'तिब्बतमा दस दिन' नेपालबाट चीनको तिब्बत चिहाउने एउटा झ्याल हो भन्दा अत्युक्ति नहोला। लेखक उप्रेतीले यस पहिले नै आजको तिब्बत नामक त्रैमासिक पत्रिकाको प्रकाशन तथा सम्पादन गर्नुहुन्थ्यो। अहिले प्रकाशित नियात्रा संग्रहमा प्रकाशित भएका निवन्धमध्ये दुईवटा निवन्ध आजको तिब्बतमा पनि प्रकाशन भएका थिए।

    चेतनाथ आचार्य

    सि.आर.आई.

    काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040