चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता लीउ च्यान छाउले आज पैचिङ्गमा बोल्दै जर्मनीका नेताले दलाइ लामासँग भेट्नुभएको कुराले चीन-जर्मनी सम्बन्धलाई गम्भीर रुपमा क्षति पुर्याएकोले जर्मनीले चाँडै नै प्रभावकारी कदम चाली उक्त गलत कारवाहीबाट उत्पन्न नकारात्मक असरलाई हटाइदिने आशा चीनले लिएको कुरा व्यक्त गर्नुभएको छ।
उहाँले आज आयोजित पत्रकार सम्मेलनमा पत्रकारद्बारा सोधिएको प्रश्नको जवाफ दिँदा उक्त कुरा भन्नुभएको हो। उहाँले चीनले जर्मनीसँगको सम्बन्धमा महत्व दिँदै आएको र आपसी सम्बन्धलाई क्षति पुर्याइएकोमा अफसोस लागेको कुरा प्रकट गर्नुभयो। जर्मनीले मूल परिस्थितिलाई हेरी आपसी सम्बन्धलाई सुधार गर्ने आशा पनि उहाँले व्यक्त गर्नुभयो।
|