china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीन सरकारले काठमाडौँदेखि चीनको स्वायत्त प्रदेश तिब्बतको ल्हासा जोड्ने सडकको निर्माण गर्ने भएको छ।
    (GMT+08:00) 2007-11-21 18:17:46    

         चीन सरकारले आगामी तीनवर्षभित्र काठमाडौँदेखि चीनको स्वायत्त प्रदेश तिब्बतको ल्हासासम्म सडक मार्गको विस्तार गर्ने भएको छ आज प्रकाशित कान्तिपुर दैनिकले यस बारेमा समाचार प्रकाशन गरे अनुसार 9 सय किलोमिटर लम्बाइको सडक मार्गको निर्माण कार्य तुरुन्तै सुरु हुनेछ।

             सन् 1958 सालमा पहिलो पटक काठमाडौँ ल्हासा जोड्ने सडक निर्माण कार्य सुरु भई सन् 1965 देखि सञ्चालनमा आएको थियो। अहिले सञ्चालित काठमाडौँबाट तातोपानी खासा हुँदै ल्हासा पुग्ने सडक साँघुरो र एकतर्फी सवारी सञ्चालन हुने खालको मात्र छ। तिब्बतको अति उच्च भौगालिक बनावटमा सडक निर्माण कार्य कठिन भएको हुनाले सडक निर्माण कार्य अन्योलमा परेको थियो। सडक निर्माण गर्ने ठेकेदार कम्पनी निर्माण गर्न राजी भएपछि अब निर्माण कार्य सुरु हुन लागेको चिनियाँ समाचार समिति सिन्ह्वालाई उद्धृत गर्दै कान्तिपुर दैनिकले लेखेको छ।

             खासादेखि ल्हासासम्मको सडक मार्गको बीचमा पर्ने एक सय असी किलोमिटर अत्यन्त अप्ठेरो भुवनावटमा पर्दछ। यो क्षेत्रको निर्माण निकै मह पर्ने भए पनि चिनियाँ सरकारले नेपालसँगको व्यापार बढाउनका लागि तथा सम्बन्ध अझै राम्रो बनाउनका लागि यो सडक निर्माण गर्ने टु गरेको हो।

             काठमाडौँदेखि ल्हासासम्म सरल सडक मार्गको निर्माण भएपछि नेपाल र चीनबीचको व्यापारमा वृद्धि आउनेछ। साविकको सडक अत्यन्त कठिन भएको हुनाले यात्रा गर्न त्यति सजिलो छैन। यस सडकको विकास र विस्तारले नेपाल र तिब्बतबीचको पर्यटन व्यवसायलाई पनि गतिलो टेवा पुग्ने गर्दछ। साविकको सडकलाई फराकिलो बनाइसकेपछि चिनियाँ सामानहरु अझै सस्तोमा नेपाली बजारमा पाउन सकिन्छ। साथै यसबाट नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्धमा पनि अझ नजिकता आउनेछ।

    चेतनाथ आचार्य

    सि.आर.आई.

    काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040