चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लीउ च्यान छाउले आज बाईस तारिखका दिन आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै दलाइ लामाव्दारा विदेशमा अवतारी लामाको नाउँ सार्वजनिक गर्नेतर्फ व्यक्त गरिएको कुरा तिव्बती बौद्ध धर्मको नियम र ऐतिहासिक निर्णयको विपरित भएको छ भनेर बताउनुभएको छ।
श्री लीउको भनाइ अनुसार चीन सरकारले धर्म मान्ने स्वतन्त्र नीति अपनाएर तिव्बती बौध धर्मको अवतारी लामा छनोट गरिने सम्बन्धमा महत्वपूर्ण धार्मिक नियम र ऐतिहासिक निर्णयको आधारलाई कदर गर्दै आएको छ।
|