चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लिउ च्यान छ्वोले आज पैइचिङ्गमा बोल्दै चिनियाँ जन बैंकको निमन्त्रणामा युरो ग्रूपका अध्यक्ष,लग्जमवर्गका प्रधानमन्त्री एवम अर्थ मन्त्री जीन खलौदे जुन्क, युरोपेली केन्द्रीय बैंकका प्रमुख जीन खलौदे थृछीथ र युरोपेली संघीय समितिको आर्थिक र मुद्रा मामिलाका जिम्मेवार व्यक्ति जोखुइन औमुनिअले 27 तारिखका दिनदेखी 29 तारिखसम्म पैइचिङ्गको भ्रमण गर्नुहुने कार्यक्रम रहेको कुरा बताउनुभएको छ। श्री लिउका अनुसार उक्त भ्रमणका अवसरमा प्रतिनिधि मण्डलले चीन पक्षसँग चीन-युरोपबीचको आर्थिक सहयोगबारे वैचारिक आदान-प्रदान गर्ने छ।
|