
चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लीउ चेन छाउले आज पेइचिंगमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै अन्तर्राष्ट्रिय समाजले चीनका खेलौनाहरुको गुण-स्तरमा पुर्याएको महत्वमा चीनले नजर पुर्याएर निर्यातित खेलौनाको गुण-स्तरको सुधार गर्नका लागि अझ प्रयास गर्ने कुरा बताउनुभएको छ।
प्रवक्ता लीउ चेन छाउले पत्रकारद्बारा सोधिएको प्रश्नको जवाफ दिंदै चीन सरकारको निगरानी र सम्बन्धित व्यवसायको सहयोगमा चीनको खेलौनाको अन्तर्राष्ट्रिय समाजले मन पराउने विश्वास चीनले गरेको कुरा पनि औंल्याउनुभएको छ।
|