china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    नयाँ वर्ष 2008 को सुरुआतसँगै काठमाडौँ ल्हासा बस सेवा पुन: सञ्चालन हुने भएको छ
    (GMT+08:00) 2007-11-28 18:54:56    

             आगामी वर्ष 2008 को सुरुसँगै काठमाडौँ ल्हासा वससेवा पुन: सञ्चालन हुने भएको छ । काठमाडौँ ल्हासा बस सेवालाई फेरि निरन्तरता दिनका लागि नेपालको यातायात व्यवस्था विभाग र चीनको स्वायत्त प्रदेश तिब्बतको यातायात विभागबीचमा गत विहिबार सम्झौता भइसकेको छ ।

                  काठमाडौँ ल्हासा बस सेवा सन् 2005 को मे महिनामा सुरु भई 6 महिनापछि बन्द भएको थियो । तत्कालीन अवस्थामा नेपालमा राजनीतिक अस्थिरता कारणले बसलाई स्थगित गर्नु परेको थियो । अहिले आएर नेपालमा सुधार आएकाले बस सेवा सञ्चालन हुन लागेको हो । गत विहीबार दुई देशबीचमा बस सेवालाई पुन: सञ्चालनमा ल्याउनका लागि यातायात व्यवस्था विभागका महानिर्देशक खगेन्द्रमणि पोखरेलले नेपालको तफबाट र चीनको स्वायत्त प्रदेश तिब्बतको यातायात विभागका महानिर्देशक सान सिपिले चीनको तफबाट हस्ताक्षर गरेपछि अब नयाँवर्षको प्रारम्भसँगै बस सेवा सञ्चालन हुने भएको हो ।

                  सम्झौता अनुसार सन् 2008 को जनवरी 1 तारिख मंगलबार दुवैतफबाट बस छुट्नेछन् । त्यसपछि प्रत्येक शुक्रबार एकएकवटा बस दुवैतफबाट छुट्नेछन् । काठमाडौँदेखि ल्हासासम्मको एकातफ यात्रा अवधि तीन दिनको रहेको छ । हाललाई दुई दुई वटा बसलाई रुट इजाजत दिइएको छ । आवश्यकतासँगै दुई पक्षको सहमतिमा बसको संख्या थप गर्न सकिने कुरा पनि सम्झौतामा उल्लेख छ । हाललाई एकातर्फी भाडा सत्तरी अमेरिकी डलर तोकिएको छ ।

                  खासादेखि नेलामसम्मको बाटो साँघुरो र कच्ची भएको हुनाले चिनियाँ सरकारले सो बाटो फराकिलो बनाउने काम गत अक्टोबर महिनामा सम्पन्न गरिसकेको छ । सो खण्डको बाटोको सुधारपछि अब यात्रा सजिलो र सहज भएको छ ।

                   काठमाडौँ ल्हासा बस सेवा सञ्चालन भएपछि नेपाल घुम्ने चिनियाँ पर्यटकको संख्या बढ्ने निश्चित छ भने दुई पक्षीय व्यापारमा पनि विस्तार हुनेछ ।

    चेतनाथ आचार्य

    सि.आर.आई.

    काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040