चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय कमिटिको विदेश विभागका मन्त्री वा चियारुइले नेतृत्व गर्नुभएको उच्च स्तरीय प्रतिनिधिमण्डल आज नेपाल आइपुगेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ प्रतिनिधिमण्डललाई परराष्ट मन्त्री सहाना प्रधान तथा नेपालका लागि चिनियाँ राजदूत च सियाङ्ग लिनले स्वागत गर्नुभयो । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय कमिटिको विदेश विभागका मन्त्री वाँगले नेतृत्व गर्नुभएको प्रतिनिधिमण्डलले आजै अपरान्ह पराष्ट्रमन्त्री सहाना प्रधानसँग भेटवार्ता गरेको छ ।
भेटघाटका क्रममा पराष्ट्रमन्त्री प्रधानले नेपालको आर्थिक विकासमा चीन सरकारले पुर्याउँदै आएको सहयोगको प्रशंसा गर्दै सहयोग बढाउन आग्रह गर्नुभयो । चीनले ल्हासाबाट सिगाच्छेसम्म रेलवे लाइनको विस्तार गर्दै गरेको प्रयास परराष्ट्र मन्त्री प्रधानले नेपालको सीमासम्म रेलवे सेवा ल्याएर नेपालको पाँचखालसम्म विस्तार गरेमा अत्यन्त राम्रो हुने बताउनुभयो । परराष्ट मन्त्री प्रधानसँगको भेटवार्तामा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय कमिटिको परराष्ट विभागका मन्त्री वाँगले नेपालमा स्थायी शान्ति हुनुपर्ने तथा सात राजनीतिक पार्टीबीचमा एकता कायम रहनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
आजै अपरान्ह चिनियाँ उच्च स्तरीय प्रतिनिधिमण्डलको स्वागतार्थ चीन अध्ययन केन्द्रले दिवाभोजको आयोजना गरी नेपाल चीन सम्बन्ध बारे दुई पक्षीय संवादको आयोजना गरेको छ । सो संवाद कार्यक्रममा नेपालको राजनीतिक अवस्था तथा भविष्यका बारेमा चिनियाँ प्रतिनिधिमण्डलले विभिन्न जिज्ञासा राखेको थियो ।
चीन अध्ययन केन्द्रका अध्यक्ष मदन रेग्मीले नेपाल र चीनबीचको सम्बन्धमा चीन अध्ययन केन्द्रले गर्दै आएका गतिविधिका बारेमा प्रकाश पार्नुभएको थियो । प्रतिनिधिमण्डल आजै साँझ पोखरा भ्रमणमा गएको छ । प्रतिनिधिमण्डलले प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र सभामुख सुवासचन्द्र नेम्बारुँग पनि भेट गर्ने कार्यक्रम रहेको छ ।
चेतनाथ आचार्य
सि.आर.आई.
काठमाडौँ
|