चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिँग काँगले आज पेइचिँगमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै बेलायतका प्रधानमन्त्री कोर्दोन ब्रोनले निकट भविष्यमा चीनको भ्रमण गर्नुहुने कुरा वताउनुभयो। त्यस अवसरमा चीनले द्बीपक्षीय अभिरुचीका विभिन्न समस्याबारे व्यापक र गहनरुपमा छलफल गर्ने कुरा पनि उहाँले वताउनुभयो।
चीनले चीन र बेलायतबीचको सम्बन्ध र प्रधानमन्त्रीको पद सम्हाल्नुभएपछि श्री ब्रोनको पहिलो चीन भ्रमणमाथि निकै ध्यान दिएको कुरा वताउँदै श्री छिँग काँगले दुबै पक्षको संयुक्त प्रयासमार्फत प्रधानमन्त्री ब्रोनको पहिलो चीन भ्रमण सफल हुनुका साथै दुई देशबीचको चौतर्फी रणनीतिक साझेदारी सम्बन्धलाई अझ बढाइने आशा चीनले लिएको छ भन्नुभयो।
हाल दुबै पक्ष उक्त भ्रमणको ठोस मिति निश्चित गर्ने कार्यमा व्यस्त भएको वताइएको छ।
|