चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिँग काँगले चीनले अमेरिकासँगै मिलेर चीन-अमेरिका तेस्रो रणनीतिक आर्थिक वार्ता राम्रोसँग आयोजना गर्ने इच्छा लिएको कुरा वताउनुभयो।
आज पेइचिंगमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै उहाँले उक्त कुरा वताउनुभएको हो।
प्राप्त समाचारअनुसार, चीन-अमेरिका तेस्रो रणनीतिक आर्थिक वार्ता यस महिनाको बाह्र र तेह्र तारिखका दिन पेइचिँगमा आयोजना हुनेछ।
चीनका उप-प्रधानमन्त्री ऊ यी र अमेरिका अर्थ मन्त्री हेनरी पोल्सनले दुई देशका राष्ट्रनायकका विशेष प्रतिनिधिका रुपमा उक्त संयुक्त वार्ताको अध्यक्षता गर्नुहुनेछ।
|