चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता छिंग काँगले चिनियाँ परराष्ट्र मन्त्री याँग चे छले पूर्व निर्धारित समयअनुसार अमेरिकी विदेश मन्त्री कोण्डोलिजा राइससित टेलिफोन वार्ता गर्नुभएको जानकारी दिनुभयो। आज पैचिंगमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै सो अवसरमा उहाँहरुबीच इरानको आणविक समस्याबारे वैचारिक आदान-प्रदान भएको जानकारी पनि दिनुभयो।
टेलिफोन वार्ताका क्रममा चिनियाँ परराष्ट्र मन्त्री याँगले इरानको आणविक समस्यासम्बन्धी चीनको अविच्छिन्न अडान र धारणालाई दोहर्याउनुभएको कुरा प्रवक्ता छिंग काँगले बताउनुभयो। उहाँले अन्तर्राष्ट्रिय आणविक अविस्तार सन्धिको संरक्षण गर्ने कुराको चीनले समर्थन गर्ने र मध्य-पूर्व क्षेत्रको शान्ति र स्थिरताको संरक्षण गर्ने अडान लिएको कुरामा जोड दिनुका साथै इरानको आणविक समस्याको समाधान कुटनैतिक वार्तामार्फत शान्तिपूर्ण ढंगले गर्नु अन्तर्राष्ट्रिय समाजको साझा हितअनुकुल रहेको विचार व्यक्त गर्नुभयो।
इरानले राष्ट्र संघीय सुरक्षा परिषद्को सम्बन्धित निर्णयको ठोस रुपमा पालना गर्दै अन्तर्राष्ट्रिय पारमाणविक ऊर्जा एजेन्सीसित सर्वतोमुखी सहयोग गर्नसक्ने अपेक्षा पनि चीनले गरेको कुरा प्रवक्ता छिंगले बताउनुभयो।
|