चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन कांगले आज पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै रुसको नव-निर्वाचित राष्ट्रिय ड्युमाले चीन-रुस रणनीतिक साझेदारी सम्बन्धको विकासका लागि नयाँ महत्वपूर्ण योगदान पुर्याउने विश्वास चीनले गरेको कुरा वताउनुभयो। पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफ दिंदै प्रवक्ता छिन कांगले उक्त कुरा वताउनुभएको हो।
उहाँका अनुसार, रुसको राष्ट्रिय ड्युमाको निर्वाचन सुचारुरुपमा चलेको र त्यसमा संयुक्त रुस पार्टीले विजय हासिल गरेको कुरा रुसी जनताको छनौट भएको ठहर चीनले गरेको छ। त्यो रुसको राजनीतिक स्थिरता तथा आर्थिक विकासका लागि सहयोगी हुनुका साथै रुसी जनताको सुखमय जीवन तथा विश्वको शान्ति तथा स्थिरताका लागि उपयोगी हुनेछ।
|