china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय कमिटिको विदेश विभागका मन्त्रीले नेपालका परराष्ट्रमन्त्रीसँग आज भेटवार्ता गर्नुभएको छ
    (GMT+08:00) 2007-12-04 19:42:25    
             चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागका मन्त्री वा चियारुइले नेपालका राजनीतिक दलका नेताहरुसँगको भेटघाटलाई तीब्र बनाउनुभएको छ ।

             मन्त्री चियारुइले आज बिहान नेपाल कम्युनिष्ट पार्टी माओवादीका अध्यक्ष प्रचण्डसँग भेटघाट गर्नुभएको छ । नेपालस्थित चिनियाँ दूताबासले सि.आर.आई.लाई बताए अनुसार चिनियाँ कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादीबीच सम्बन्ध स्थापना गर्ने तथा दुई पक्षीय सहयोगलाई विस्तार गर्ने बारे छलफल भएको छ ।

             नेपाल भ्रमणमा रहेको उच्च स्तरीय चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागका नेता मन्त्री वा गत नोभेम्बर 30 तारिख काठमाडौँ आइपुग्नुभएको हो । सात सदस्यीय चिनियाँ प्रतिनिधिमण्डलले हिजो सभामुख सुवासचन्द्र नेम्बा तथा नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव माधवकुमार नेपालसँग भेटगरी शिष्टाचार कुराकानी गर्‍यो। यसैगरी पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, सूर्यबहादुर थापा तथा विभिन्न राजनीतिक दलका नेताहरुसँग पनि चिनियाँ प्रतिनिधि मण्डलले भेटघाट गरेको छ ।

              चिनियाँ नेता वाँगले नेपालका राजनीतिक दलका नेताहरुसँग भेटघाटका त्रmममा चीनले नेपालमा स्थायी शान्ति स्थापना भएको हेर्न चाहेको तथा सात राजनीतिक दलबीचमा एकता अनिवार्य रहेको बताउँदै आउनुभएको छ । प्रतिनिधिमण्डलमा संलग्न अन्य चिनियाँ नेताहरुमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभाग एसिया व्युरोका महानिर्देशक आइ पिरु एसिया व्युरोका निर्देशक याओ चियाँग, प्रोटोकल व्युरोका निर्देशक गुओ छाओसिया, मन्त्री वाँग सचिव युआन छिविन, तेस्रो सचिव तथा दोभाष मु चिनलि र सहसचिव चिया पे रहनुभएको छ ।

               प्रतिनिधिमण्डलले भोलिबिहान प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र शान्ति तथा पुननिर्माणमन्त्री रामचन्द्र पौडेलसँग भेटघाट गरी भोलि नै चीन फर्कने छ ।

               चेतनाथ आचार्य

               सि.आर.आई.

               काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040