china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय कमिटिको अन्तर्राष्टि्रय विभागका मन्त्री वाङ्ग चियारुइले नेपालका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग भेटवार्ता गर्नुभएको छ
    (GMT+08:00) 2007-12-05 19:10:59    
            चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको अन्तर्राष्टि्रय विभागका मन्त्री वाङ्ग चियारुइले आज विहान प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग शिष्टाचार भेट गर्नुभएको छ । भेटघाटका क्रममा मन्त्री चियारुइले आफ्नो नेपाल भ्रमणबाट आफू सन्तुष्ट रहेको बताउँदै नेपालमा स्थायी शान्ति तथा स्थिर राजनीतिक व्यवस्थाको विकास हुने विश्वास व्यक्त गर्नुभयो ।

             आज विहान आढेआठ बजे प्रधानमन्त्री निवास वालुवाटारमा दुबै नेताबीचमा भेटघाट भएको थियो । भेटघाट लगभग पैँतालीस मिनेट चलेको नेपालस्थित चिनियाँ दूताबासले सि.आर.आई.लाई बताको छ । चिनियाँ नेता वाङ्ग चियारुइसँगको भेटमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले चीनले नेपालको विकासमा पुर्याउँदै आएको सहयोगको प्रशंसा गर्नुभयो । प्रधानमन्त्री कोइरालाले नेपालले एक चीनको नीतिलाई समर्थन गरेको दोहोर्याउँदै नेपालको भूमि चीन बिरोधी गतिविधिमा प्रयोग हुन नदिने पनि प्रतिवद्धता व्यक्त गर्नुभयो ।

             आजै बिहान चिनियाँ उच्च स्तरीय प्रतिनिधिमण्डलले शान्ति तथा पुननिर्माण मन्त्री रामचन्द्र पौडेलसँग पनि भेटवार्ता गरेको छ । भेटघाटका क्रममा मन्त्री पौडेल र चिनियाँ नेता वाङ्गबीचमा आपसी सहयोगका बारेमा सौहार्दपूर्ण वातारणमा कुराकानी भएको कुरा शान्ति तथा पुन निर्माण मन्त्रालयले सि.आर.आई.लाई बताएको छ ।

             नेपाल भ्रमणमा रहेको उच्च स्तरीय चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको अन्तर्राष्टि्रय विभागका नेता मन्त्री वाङ्ग गत नोभेम्बर 30 तारिख काठमाडौँ आइपुग्नुभएको हो । पाँच दिने नेपाल भ्रमण सिध्याएर आज चिनियाँ प्रतिनिधिमण्डल चीन फर्किएको छ ।

            चेतनाथ आचार्य

            सि.आर.आई.

             काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040