चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिँग काँगले आज चीनका उप-परराष्ट्र मन्त्री एवम् कोरियाली प्रायद्वीपको आणविक समस्यासम्बन्धी छ-पक्षीय वार्तामा चिनियाँ प्रतिनिधिमण्डलका प्रमुख ऊ ता वीले आज विहान अमेरिकी सहायक विदेश मन्त्री एवम् छ-पक्षीय वार्तामा अमेरिकी प्रतिनिधिमण्डलका प्रमुख क्रिस्टोफर हिलसँग भेट-वार्ता गरी हाल छ-पक्षीय वार्ताको परिस्थिति तथा भविष्यको कार्यबारे वैचारिक आदान-प्रदान गर्नुभएको कुरा वताउनुभयो। आज पेइचिँगमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै उहाँले उक्त कुरा वताउनुभएको हो।
उत्तर कोरियाको भ्रमणका क्रममा श्री हिलले लिएको अडानमा चीनले ध्यान दिएको कुरा वताउँदै श्री छिँग काँगले कोरियाली प्रायद्वीपलाई आणविक अस्त्ररहित क्षेत्र बनाउनेसम्बन्धी कार्यलाई निश्चित समयमा पूरा गर्नका लागि छवटै पक्षले निरन्तररुपमा सहयोग गर्ने आशा चीनले लिएको कुरा वताउनुभयो।
छ-पक्षीय वार्ताअन्तर्गत प्रमुखस्तरीय सम्मेलन शुरु हुने समयबारे चर्चा गर्दै श्री छिँग काँगले यस सम्बन्धमा छवटै पक्षले सल्लाह गरिरहेको जानकारी दिनुभयो।
|