चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन कांगले आज पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै इरानको आणविक समस्याको शान्तिपूर्ण तवरद्वारा समाधान गर्नका लागि अरु पक्षसँगै मिलेर प्रयास गर्न चीन इच्छुक रहेको कुरा वताउनुभयो।
प्रवक्ता छिन कांगले चीनले सकारात्मक तथा रचनात्मक धारणामार्फत सम्बन्धित छलफलमा भाग लिनेछ भन्दै वर्तमान परिस्थितिमा चीनले अरु पक्षसँग छलफल तथा आदान-प्रदान गरिरहेको जानकारी दिनुभयो।
|