फोटो प्रदर्शनीको उद्घाटन गत पाँच तारिख नेपालका लागि चिनियाँ राजदूत चङ्ग सियाङलिनले गनुभएको थियो ।
नेपालस्थित चिनियाँ दूताबासको संस्कृति विभाग र पोखरामा रहेको नेपाल चीन एकेडेमीले संयुत्तm रुपमा आयोजना गरिएको यस प्रदर्शनीमा 80 वटा फोटाहरु प्रदर्शित थिए । फोटो प्रदर्शनी सफलतापूर्वक सम्पन्न भएको चिनियाँ दूताबासको संस्कृति विभागका प्रमुख तथा प्रथम सचिव चेन युलीले सि.आर.आर्इ.लार्इ बताउनुभयो । संस्कृति विभागका प्रमुख युलीले बताए अनुसार प्रदर्शनीमा राखिएका फोटाहरुले चिनियाँ संस्कृति, रहनसहन, समाज तथा ओलम्पिकको तयारीलार्इ नेपाली दर्शकहरुसामु पुर्याउने काम भएको छ । नेपालको अत्यन्त सुन्दर सहर पोखरामा यतिखेर पर्यटकहरुको घुइँचो लागिरहेको छ । रमणीय वातावरणामा भएको फोटो प्रदर्शनीले चीनमा भइरहेको विज्ञान तथा प्रविधिको विकास तथा जीवनपद्धतीलार्इ पनि कलात्मक ढङ्गबाट उजागर गरेको छ । आगामी वर्षा चीनमा 29 हुँदैछ । अहिले संसारभरिकै दृष्टिकोणा चीनतिर केन्दि्रत भइरहेका बेला नेपालमा पनि चीनमा आयोजना हुने ओलम्पिक खेलकुदका बारेमा गतिविधि हुन थालेको छ ।
यसै सन्दर्भमा पोखरामा भएको सो फोटो प्रदर्शनी गत नोभेम्बर महिनाको सुरुमा भैरहवामा पनि प्रदर्शन गरिएको थियो । पोखरामा फोटो प्रदर्शनीको उद्घाटन गर्दै नेपालका लागि चिनियाँ राजदूत चङ्ग सियाङलिनले नेपाल र चीनबीचको सम्बन्धलार्इ जनस्तरसम्म पुर्याउन फोटो प्रदर्शनी सफल हुने बताउनुभयो । राजदूत सियाङलिनका अनुसार चीनमा हुने ओलम्पिक खेलकूदले विश्वको ध्यान तानिरहेको बेला नेपालीहरुले पनि फोटो प्रदर्शनीबाट यसको सन्देश प्राप्त गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।
चेतनाथ आचार्य
सि.आर.आर्इ.
काठमाडौँ
|