चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिंग कांगले आज पैचिंगमा बोल्दै दलाई लामा गूटलाई वर्तमान अवस्थासंग मेल खाने गरी परिस्थितिलाई राम्ररी बुझेर यथाशीघ्र आफ्नो भूलको याचना गरेर वास्तविक गतिविधिमार्फत "तिव्वतको स्वतन्त्रता"सम्बन्धी धारणालाई परित्याग गर्न र तिव्वतलाई चीनबाट अलग्याउने कुनै पनि प्रकारको कारवाईलाई रोक्न फेरि एक पल्ट सल्लाह दिनुभएको छ ।
दलाई लामा गूटद्वारा तथाकथित "तिव्वतको अपदस्त सरकार"को नाउँमा हालै यौटा प्रतिवेदन सार्वजनिक गर्दै तिव्वतको समाज र वातावरण परिवर्तन भइसकेको कारण देखाई केन्द्रिय सरकारलाई तिव्वतका मामिलामा हामीलाई निर्देशन र सुझाव नदिन आग्रह गरेको छ । त्यस विषयमा आज पैचिंगमा आयोजित नियमित पत्रकार सम्मेलनमा तत् सम्बन्धी प्रश्नको जवाफ दिंदै छिंग कांगले सो कुरा बताउनुभएको हो ।
|